मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दरमखोलामा बेपत्ता मजदुर मृत भेटिए

बुधबार, २० असार २०८०, ०८ : २३
बुधबार, २० असार २०८०

बागलुङ । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । 

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए । 

उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप