सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा वीरगन्ज कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग

बुधबार, २० असार २०८०, ०९ : ३७
बुधबार, २० असार २०८०

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले वीरगन्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले स्कुलको भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

वीरगन्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरूका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्कुल सञ्चालन भइरहेको छ । 

विद्यालय परिसरमा आयोजित एक समारोहबीच बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई चेक हस्तान्तरण गरेका थिए । यसबाट कैदीबन्दीका छोराछोरीहरूलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप