एभरेष्ट बैंकद्वारा वीरगन्ज कारागार परिसरमा रहेको समता स्कुललाई आर्थिक सहयोग
बुधबार, २० असार २०८०, ०९ : ३७
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले वीरगन्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले स्कुलको भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
वीरगन्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका उनीहरूका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्कुल सञ्चालन भइरहेको छ ।
विद्यालय परिसरमा आयोजित एक समारोहबीच बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई चेक हस्तान्तरण गरेका थिए । यसबाट कैदीबन्दीका छोराछोरीहरूलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण