मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
कृषि

बाराका किसानलाई चैते धान भित्र्याउने चटारो (तस्बिरहरू)

बुधबार, २० असार २०८०, ०९ : ५०
बुधबार, २० असार २०८०

बारा । असार महिना किसानहरूका लागि मानो रोपेर मुरी फलाउने महिनाको रूपमा लिइन्छ । यति बेला बाराका ग्रामीण भेगका किसानहरू चैते धान भित्र्याउन र  बर्खे धान लगाउने चटारोमा छन् । 

गएको फागुन–चैत महिनामा लगाएको धानलाई बर्खाको पानीले असर गर्ने भएकोले किसानहरू धान भित्राउने हतारोमा देखिएका हुन् । कोल्हवी नगरपालिका वडा नं ३ का पारस चौधरीले १२ कट्ठा मध्ये ८ कट्ठा खेतमा लगाएको १४४२ नाम उन्नत जातको धान काट्दै छन् भने बाँकी खेतमा बर्खे धान रोपिसकेका छन् ।

लगातार पानी पर्‍यो भने चैत धान भित्र्याउन समस्या हुने र बर्खे धान रोपाई गर्न ढिलो हुने चिन्तामा किसानहरू छन् । ‘पोहोर १२ कट्ठा खेतमा लगाएको चैते धान भित्राउने बेलामा पानी धेरै परेर बिगार्‍यो, अव यसपालि ठिकै फलेको छ कति आउँछ हेरौँ’ स्थानीय कृषक चौधरीले भने ‘यही धान बेचेर बर्खे धानका लागि खाद किन्ने, ट्याक्टर लगाउने, जे पनि गर्नु छ यही धानै बेचेको पैसाले गर्ने हो ।’ 

कृषि ज्ञान केन्द्र कलैयाका अनुसार बाराको कोल्हवी, करैमाई, जीतपुर सिमरा,कलैया, बारागढी, आर्दशकोतवाल, महागढीमाई, सुवर्ण गाउँपालिकामा १५ हजार हेक्टर भन्दा बढी खेतमा किसानहरूले चैते धानको लगाउने गर्दछन् ।

विगतमा हलोको प्रयोग गरेर खेत जोत्ने, गाई, भैँसीको प्राङ्गारिक मल हाल्ने, गाउँका महिलाहरू आलोपालो गरेर एक अर्काको खेत रोप्ने चलन हराउँदै जाँदा खेतीपाती धेरै खर्चिलो भएको चौधरी बताउँछन् । ‘पहिला खाद पनि थिएन आफ्नो घरको मल हाल्ने, हलोले जोत्ने र आलोपालो गरेर खेत रोप्दा खर्च धेरै कम लाग्थ्यो, तर अहिले गोरु सबै बेचिहाल्यो, खाली ट्याक्टरको भर छ, खर्च पनि धेरै लाग्छ’ चौधरीले भने ।

d10

करैयामाई गाँउपालिका वडा नं १ मन्दिर टोलका रामाशंकर चौधरीले पनि वर्षेनी १० कट्ठा खेतमा चैते धान लगाउने गर्दछन् । १४४२ जातको धान लगाएका रामाशंकरले यस पटक पानी नपर्दा बोरिङ्गकै भरमा खेती गर्नुपरेको बत्ताउँछन् । ‘पानी धेरै पर्‍यो भने चैते धान थन्काउन गाह्रो हुन्छ, रोपाई पनि चलेकोले धान काट्ने मान्छे पाएको छैन, अप्ठ्यारो छ’ उनले भने ‘पानीको व्यवस्था राम्रो छैन मौका छोपर बर्खे धान लगाउनुपर्छ अहिले किसानलाई चैते धान भित्राउन र बर्खे धान लगाउन हतार छ ।’ किसानहरूले युरिया र डिएपी मल चैते धानको तुलनामा बर्खे धानमा धेरै अभाव हुने गरेको चौधरी बताउँछन् ।

‘चैते धान लगाउने बेलामा एक हजारको युरिया मललाई अहिले २ हजार ५ सयसम्म पर्छ, बर्खे धान लगाउँदा मलको धेरै समस्या हुन्छ, कालोबजारीमा मंह्रगो मूल्यमा किन्नुपर्छ’ रामाशंकरले भने । कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादवले विगतमा बारामा १५ हजार हेक्टरमा चैते धान लगाए पनि यस पटक  बढेको बत्ताउँछन् ।

d1d2d3d4d5d6d7d8d11d12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप