सिट्रोन ई सी थ्री एक लाख रुपैयाँमा प्रि–बुकिङ गर्न सकिने
बुधबार, २० असार २०८०, ०९ : ५८
काठमाडौँ । विद्युतीय गाडी सिट्रोन ई सी थ्री नेपाली बजारमा प्रि–बुकिङका लागि खुला भएको छ । अहिलेसम्म १०० भन्दा बढी सिट्रोन ई सी थ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ । यसका दुई भेरियन्टहरु एक लाखमा प्रि–बुकिङ गर्न सकिनेछ ।
२९।२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका रहेको छ । यसमा रहेको विद्युतीय पावरट्रेनले ई सी थ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ ।
अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२।९९ लाख र फिल भेरियन्टको मूल्य ३४।९९ लाख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण