सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो देश रोएको छ : रघुजी पन्त

बुधबार, २० असार २०८०, १६ : ४५
बुधबार, २० असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने भन्दै नेपालको स्वाभिमानमाथि आघात पुर्याएकाले राजीनामा समेत मागे । प्रधामन्त्री प्रचण्डले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्तिका कारण सिंगो देश रोएको पन्तको भनाइ छ ।

‘यी विषयहरुको बारेमा प्रधानमन्त्रीले आज देशलाई के जवाफ दिनुहुन्छ ? देशले उहाँको त्यो अभिव्यक्तिबारे प्रश्न सोधिरहेको छ’, पन्तले भने, ‘आज मैले दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । देशको हक, हित र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो ।’

सांसद पन्तले नेपाललाई लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको भन्दै यो विषय क्लियर नभएसम्म प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसस चल्न नदिने बताए ।  ‘यो संसद अब अगाडी बढ्न सक्दैन । देशले उहाँको राजीनामा खोजेको छ । म उहाँको राजीनामा माग्छु । हाम्रो दलको तर्फबाट उहाँको राजीनामाको माग गर्छ’, पन्तले यति भनेपछि एमालेका सांसद उठेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप