यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताएका छन् । मन्त्री ज्वालाले सेवा प्रवाहको कामलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासनको प्रवद्र्धन गर्न सरकारले विज्ञहरुसहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको र त्यसले दिएको सुझावलाई छिट्टै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘वर्तमान सरकार सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्न प्रतिवद्ध छ । यसका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न यातायात क्षेत्रका विज्ञहरुसहित यातायात्र क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिसकिएको छ’ मन्त्री ज्वालाले भने, ‘त्यो कार्यदलले सुझाव लिने कामचाहीँ अन्तिम चरणमा पुरयाएको छ । सुशासन समितिले हामीलाई प्रतिवेदन बुझाइसकेको छ । हामी केही दिनभित्रै त्यो प्रतिवेदन पनि सार्वजनिक गर्दैछौं ।’
बुधबार मन्त्रालयमा आयोजित ‘सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रम’ मा बोल्दै उनले सार्वजनिक यातायातको उचित व्यवस्थापन, चालक अनुमति पत्र लिनका लागि महिनौं कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने आश्वासन समेत दिए । त्यसका लागि प्रदेश सरकारलाई समेत चालक अनुमति पत्र प्रिन्टिङ गर्ने व्यवस्थाका लागि बजेटको समेत व्यवस्था गरिएको मन्त्री ज्वालाको भनाई थियो ।
‘यातायात क्षेत्र सुधार सम्बन्धि जुन कार्य दल छ । त्यो कार्यदलले पनि आफ्नो काम अन्तिम चरणमा पु¥याएको छ । त्यो सुझावसमेत लिएर हामीले त्यसलाई कार्यान्वयन गर्नेगरी अगाडि बढछौं’ उनले भने, ‘सार्वजनिक यातायात व्यवस्था, सवारी चालक अनुमति पत्रको सहज उपलब्धता, सो अनुमति पत्र लिनका लागि महिनौं कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी बजेटको व्यवस्था पनि गरिएको छ ।’
मन्त्री ज्वालाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गर्ने कामलाई अन्तिम चरणमा पुरयाएको पनि दोहोर्याए । उनले चालक अनुमति पत्रका लागि लिने परीक्षा प्रणालीलाई पनि सुधार गर्दै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा सह-परीक्षा नियन्त्रकको नियुक्तिप्रति राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घको आपत्ति
-
दुई कम्पनीको लाभांश घोषणा, कसको कति ?
-
प्रहरीद्वारा दक्षिण कोरियाका राष्ट्रपति युनमाथि छानविन
-
माटो स्वच्छ राख्ने दुई किसान सम्मानित
-
पराजय भोगेपछि सोमपाल कामी यसो भन्छन् ?
-
चौकाभन्दा छक्का हान्न मनपर्छ: करण केसी || KARAN KC ||