संसद्
प्रतिनिधिसभाको बैठक असार २२ गतेसम्मका लागि स्थगित
बुधबार, २० असार २०८०, २० : ३०
काठमाडौँ । प्रतिनिधिसभाको बैठक असार २२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो अपराह्न ४ बजेको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
बैठक सञ्चालनका लागि राजनीतिक दलका प्रमुख सचेतकहरुसहितको बैठकमा सहमति नजुटेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
केहीदिन पहिले यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रचण्डले दिएको अभिव्यक्ति विवादमा परेपछि प्रतिपक्षी दल एमालेसहितले संसद् बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्रीले राजीनामा नगरेसम्म संसद् बैठक सञ्चालन गर्न नदिने उनीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण