प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा सदस्य मनोनयन
काठमाडौँ । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ। ७ सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका छन् ।
सर्वसाधारण समूहबाट दिपक पाण्डे र शंकर गौतम मनोनीत भएका छन् ।
२०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र सञ्चालकको मनोनयन एकीकृत कारोबार पछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ।
सञ्चालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण