गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा बाबु छोराको मृत्यु
बिहीबार, २१ असार २०८०, १२ : १३
सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको चोर खोला भन्ने ठाउँ नजिक विद्युत्को ताराहरू लत्रिएका थिए । तारले रा १ ख ८३४ नम्बरको बसलाई छोएको थियो ।
बसलाई छुँदा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । यस्तै उक्त घटनामा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली घाइते भएको पनि प्रहरीले जनाएको छ ।
तस्बिर : बुद्धि पुन /सल्यान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण