बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा बाबु छोराको मृत्यु

बिहीबार, २१ असार २०८०, १२ : १३
बिहीबार, २१ असार २०८०

सल्यान ।  सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको चोर खोला भन्ने ठाउँ नजिक विद्युत्को ताराहरू लत्रिएका थिए । तारले रा १ ख ८३४ नम्बरको बसलाई छोएको थियो । 

बसलाई छुँदा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ  । यस्तै उक्त घटनामा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली घाइते भएको पनि प्रहरीले जनाएको छ । 

तस्बिर : बुद्धि पुन /सल्यान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप