खल्ती र नेपालपे क्यूआरबीच साझेदारी
काठमाडौँ । खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा लागू नेपाल पे क्युआरसँग साझेदारी गरेको छ । यस साझेदारीले खल्ती प्रयोगकर्ताहरूलाई भुक्तानीको लागि क्यूआर स्क्यान गर्न र नेपालपे क्युआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानीहरू स्वीकार गर्न अनुमति दिने कम्पनीले जनाएको छ ।
यस साझेदारी पछि धेरै प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य माध्यम बन्नसक्नेछ। प्रयोगकर्ताले ३०० भन्दा बढी विभिन्न रेस्टुरेन्ट, पसल, मल, चलचित्र हालहरू, वा कहीँ पनि उपलब्ध नेपालपे क्युआर खल्तीबाट स्क्यान गर्न सक्नेछन् । यस साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यो साझेदारीको साथमा हामीले विद्यमान र आगामी खल्ती प्रयोगकर्ताहरूलाई फोनपे क्युआर र युनियनपे लगायत नेपालपे क्यूआरबाट पनि सहज भुक्तानीको आनन्द लिन सक्षम बनाउने लक्ष्य राखेका छौँ ।’
यस लगायत, नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियासँग भुक्तानी अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको छ । यो सेवा चाँडै उपलब्ध गराइने छ, जहाँ खल्ती प्रयोगकर्ताहरूले भारतका विभिन्न भागबाट भुक्तानी गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण