अन्ततः अधिवक्ता अमिर लामिछाने र नासु प्रेमिका तामाङबीच सहमति
ललितपुर । ललितपुर जिल्ला अदालतका कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद अन्त गर्ने सहमति भएको छ । बिहीबार ललितपुर जिल्ला अदालत र ललितपुर बार एसोसिएसनको तर्फबाट गठित वार्ता समितिको समन्वयमा विवाद अन्त गर्ने सहमति भएको हो । दुवै पक्षबीच सहमति भएपछि अब आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने, अमिरविरुद्ध दायर मुद्दा प्रक्रिया पूरा गरेर मिलापत्र गरी टुंग्याउने र सामाजिक सञ्जाल लगायतमा विषयान्तर हुने गरी टिकाटिप्पणी नगर्ने सहमति भएको वार्ताटोलीका एक सदस्यले रातोपाटीलाई बताए ।
सहमति पत्रमा अधिवक्ता अमिर लामिछाने र नायब सुब्बा प्रेमिका तामाङले हस्ताक्षर गरेकी छिन् । सहमतिको रोहवरमा ललितपुर जिल्ला अदालतका शाखा अधिकृत राम सजिवन महतो, अमृत घिमिरे, तर्कराज खनाल लगायतका छन् भने ललितपुर बारको तर्फबाट अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष काबुकृष्ण महर्जन, सचिन छोनाम मोक्तानले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रको पहिलो बुँदामा ‘मिति २०८०।०३।१३ मा ललितपुर जिल्ला अदालतमा सेवा लिनेदिने क्रममा इमानदारी पूर्वक कर्तव्य पालना गर्दागर्दै हुन गएको घटनाको वारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिहरुमार्फत विषयान्तर भएको महसुश’ गरी सहमति गरेको उल्लेख छ । सहमतिपत्रको दोस्रो बुँदामा घट्नासँग सम्बन्धित दुवै पक्ष सो घटनालाई लिएर अब उप्रान्त द्वेष भाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो क्षेत्रमा काम गर्ने उल्लेख छ ।
सहमतिसँगै अब शुक्रबारबाट ललितपुर जिल्ला अदालतमा नियमितरुपमा कामकाज हुने छ । विवादका कारण असार १७ गतेदेखि ललितपुर जिल्ला अदालतको कामकाज प्रभावित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण