पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा दीप प्रज्वलन गर्न राजावादीहरूको आग्रह
बिहीबार, २१ असार २०८०, १७ : १८

काठमाडौँ । राजावादीहरूले पूर्वराजा ज्ञानेन्द शाहको ७७औं जन्म जयन्तीको अवसरमा देशव्यापी रूपमा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरूले राजा र देशको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै पूजापाठ, दीपावली र विभिन्नको सप्ताहव्यापी कार्यक्रम आयोजना पनि गरेका छन् ।
नागरिक मूल आयोजक समिति २०८० ले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । समितिले आगामी असार २३ गते साँझ ७ बजेर ७ मिनेटमा ७७ वटै जिल्ला सदरमुकामहरू, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । काठमाडौँमा निर्मल निवासको गेट अगाडि विशेष कार्यक्रम रहने पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले