राहुल गान्धीको सांसद पद खोसिएको मुद्दामा आज फैसला सुनाइँदै
गुजरात । राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत् रहने वा राहत पाउने भन्ने निर्णय आज हुँदै छ । गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला सुनाउन लागेको छ।
गत २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । तर, यो फैसलाको २७ मिनेटपछि उनले जमानत पाएका थिए । त्यसको भोलिपल्ट २४ मार्चमा उनको सांसद पद गएको थियो ।
राहुलले उक्त निर्णयमा पुनर्विचार गर्न सुरत अदालतमा रिभ्यु पिटिशन दायर गरेका थिए तर अदालतले त्यसको सुनुवाइ गर्न अस्वीकार गरेको थियो। यसपछि राहुल गान्धीले २५ अप्रिलमा गुजरात हाईकोर्टमा रिभ्यु पिटिशन दायर गरेका थिए । त्यसपछि मइ २ मा उच्च अदालतले यस विषयमा फैसला सुरक्षित राखेको थियो ।
यदि राहुलले यस मामलामा राहत पाए भने उनको सांसद पद पुनर्स्थापित हुनेछ र उनी २०२४ को लोकसभा चुनाव लड्न सक्षम हुनेछन् । त्यसो भएन भने ८ वर्षसम्म उनले चुनाव लड्न पाउँदैनन् ।
२०१९ मा राहुल गान्धीले कर्नाटकको विधानसभामा मोदी उपनामको बारेमा बयान दिएका थिए । उनले भनेका थिए- 'किन सबै चोरको थर मोदी हुन्छ । ' यसपछि गुजरातका भाजपा विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । सो मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण