साताको सेयर बजार : १०१ अंकले नेप्से घट्दा साढे १७ अर्बको कारोबार
काठमाडौँ । असार अन्तिम लागेसँगै यसको प्रभाव सेयर बजारमा राम्रै लागेको छ । वर्ष भरीको हिसाबकिताब लगानीकर्ताहरु अकाउण्ट क्लोजिङ्गमा लाग्दै गर्दा सेयर बजारले ओरालो यात्रा तय गरेको हो ।
अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । तर, यो साताको पहिलो कारोबार दिननै ५३ अंकमाथिले नेप्से सूचक घटेर शुरुवात गरेकोमा अन्तिम दिनसम्ममा कूल १०१ अंकले घट्दै नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा झरेको छ ।
यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको थियो । तर, एक दिन मंगलबार (असार १९ गते) बाहेक बाँकी चारै दिन नेप्से सूचक ऋणात्मक भएको छ ।
कारोबार पनि साढे ५ अर्बमाथिले घट्यो
नेप्से सूचकमा एक सय अंकमाथिको गिरावट आएसँगै यो साता यता कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । अघिल्लो हप्ता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा यो साता घटेर १७ अर्ब ५१ करोड ५७ लाख रुपैयाँमा झरेको छ । अघिल्लो साताको तुलनामा यो साता ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँले कारोबार घटेको हो ।
मार्केट क्यापिटलाइजेशन १ खर्ब ४१ अर्बले घट्यो
यस्तै यो साता धितोपत्र बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत १ खर्ब ४१ अर्ब माथिले घट्न पुगेको छ । अघिल्लो साता ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबर पुगेको मार्केट क्यापिटलाइजेशन यो साता घटेर ३० खर्ब ८ अर्ब ७२ करोड १० लाख रुपैयाँमा झरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण