मदरसा शिक्षाका लागि छुट्टै ऐनको माग
शुक्रबार, २२ असार २०८०, १५ : ४९
काठमाडौँ । आम मुस्लिम मोर्चाले मदरसा शिक्षालाई व्यवस्थित गर्न छुट्टै ऐन ल्याउनुपर्ने माग गरेको छ । प्रभु साह नेतृत्वको आम आदमी नेपाल निकट सो मोर्चाले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
मोर्चाका अध्यक्ष लालबाबु मन्सुरीको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा परा पूर्वकालदेखि चल्दै आएको मदरसा शिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न छुट्टै ऐन निर्माण तथा मदरसा बोर्ड गठन गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न मुस्लिम युनिभर्सिटी स्थापना गर्नुपर्ने, मुसलमानलाई राज्यको हरेक अंग र निकायमा विशेषाधिकारको व्यवस्था गर्नुपर्ने, इस्लाम धर्मालम्बीहरुको पर्वमा सार्वजनिक विदा राष्ट्रिय क्यालेण्डरमा समावेश गर्नुपर्ने लगायतका सात बुँदे माग समावेश छन् । ज्ञापनपत्र बुझाउँदै मोर्चाले प्रदर्शन समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण