बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

शुक्रबार, २२ असार २०८०, १६ : ०८
शुक्रबार, २२ असार २०८०

काठमाडौं | आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले  अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् । 

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो । 

नेपालमा क्यु आर स्क्यान मार्फत भुक्तानी  बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप