बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ग्रिनेट बम फेला, सेनाद्वारा निष्क्रिय

शुक्रबार, २२ असार २०८०, १८ : २९
शुक्रबार, २२ असार २०८०

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको ग्रिनेड बमलाई नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय पारेको छ ।

शुक्रबार बिहान कामदारहरुले नाली खन्ने क्रममा सो विस्फोटक पदार्थ (बम) फेला परेका थिए ।  

कामदारहरुले प्रहरीलाई खबर गरेलगत्तै जिल्लाको बढैपुरबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार प्लास्टिक ग्रिनेड बम रहेको द्वन्द्व कालको समयमा लुकाएर राखिएको हुनसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप