कैलालीमा ग्रिनेट बम फेला, सेनाद्वारा निष्क्रिय
शुक्रबार, २२ असार २०८०, १८ : २९
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको ग्रिनेड बमलाई नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय पारेको छ ।
शुक्रबार बिहान कामदारहरुले नाली खन्ने क्रममा सो विस्फोटक पदार्थ (बम) फेला परेका थिए ।
कामदारहरुले प्रहरीलाई खबर गरेलगत्तै जिल्लाको बढैपुरबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार प्लास्टिक ग्रिनेड बम रहेको द्वन्द्व कालको समयमा लुकाएर राखिएको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण