सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इक्वेडरमा केबलकारमा १० घण्टा यात्रु अलपत्र

शुक्रबार, २२ असार २०८०, २१ : १२
शुक्रबार, २२ असार २०८०

क्विटो । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौं मानिसलाई शुक्रबार बिहानै उद्धार गरिएको छ ।

क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको जनाएको छ ।

विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध भएपछि केबलकारमा रहेका आगन्तुकहरू ‘करिब १० घण्टा’ सम्म फसेका थिए ।

करिब चार हजार मिटर (१३,१२० फिट) को उचाइमा रहेको प्रणालीको सबैभन्दा माथिल्लो टर्मिनलमा फसेका ४८ जनालाई सबैभन्दा पहिले सुरक्षित स्थानमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि केबलकारको तारमा रोकिएका अन्य १७ जनालाई केबलकारबाट नजिकैको सुरक्षित स्थानमा झारिएको थियो भने अन्य १० जना सेवा पुनः सुरु भएपछि भुईँमा आएका थिए ।

उक्त केबलकार दुई टर्मिनलहरूबीच २.५ किलोमिटर (१.५ माइल) को दूरीमा फैलिएको छ भने सबैभन्दा कम उचाइ समुद्र सतहबाट तीन हजार १०० मिटरमा रहेको छ ।

नगरपालिकाको ट्वीटर अकाउन्टमा रहेको भिडियो फुटेजमा मानिसहरूलाई केबलकारबाट सुरक्षित स्थानमा राखिएको देखाइएको छ । बालबालिकासहित अन्य व्यक्तिहरूलाई केबलकारहरू सुरक्षित रूपमा भुईँमा फर्केपछि कब्बल ओडाएर आवश्यक उपचारका लागि नजिकैको अस्पतालतर्फ पठाइएको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप