निर्मल निवासभित्र राजावादीलाई ‘नो इन्ट्री’ !
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि निर्मल निवासमा पुगेका राजावादीहरुलाई प्रवेश निषेध गरिएको छ । निर्मल निवासमा प्रवेश नदिइएपछि गेटमै पूर्वराजाको नाममा पुष्पगुच्छा र अभिनन्दनपत्र बुझाएर राजावादीहरु फर्किएका छन् । पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीहरुले एक समितिनै गठन गरेका थिए । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुग्दा ज्ञानेन्द्र शाह भने त्यहाँ थिएनन् । पूर्वराजा नभएको भन्दै उनीहरुलाई प्रवेश पनि नदिइएको हो ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको पुष्टि गरे । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेको जानकारी आफूलाई आएको उनले बताए । यस्तै बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनको भनाइ छ ।
राजावादीहरु भेला भएर पूर्वराजालाई अभिनन्दन गर्न लाग्दा उहाँचाहिँ किन अनुपस्थित हुनुभएको भन्ने प्रश्नमा पाठकले भने, ‘जनतालाई दुःख नदिने खोजेको होला नि !’ राजाले सकेसम्म जनतालाई दुःख नदिने उनको जिकिर थियो । यसअघि नै पूर्वराजाको जन्मदिन मनाउन केशरी महतोको अध्यक्षतामा नागरिक मुल समारोह समिति बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण