निर्मल निवासभित्र राजावादीलाई ‘नो इन्ट्री’ !
_YmyAyRlTxT.jpg)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७ औँ जन्मदिनको अवसरमा शुभकामना र अभिनन्दनका लागि निर्मल निवासमा पुगेका राजावादीहरुलाई प्रवेश निषेध गरिएको छ । निर्मल निवासमा प्रवेश नदिइएपछि गेटमै पूर्वराजाको नाममा पुष्पगुच्छा र अभिनन्दनपत्र बुझाएर राजावादीहरु फर्किएका छन् । पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीहरुले एक समितिनै गठन गरेका थिए । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुग्दा ज्ञानेन्द्र शाह भने त्यहाँ थिएनन् । पूर्वराजा नभएको भन्दै उनीहरुलाई प्रवेश पनि नदिइएको हो ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको पुष्टि गरे । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेको जानकारी आफूलाई आएको उनले बताए । यस्तै बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनको भनाइ छ ।
राजावादीहरु भेला भएर पूर्वराजालाई अभिनन्दन गर्न लाग्दा उहाँचाहिँ किन अनुपस्थित हुनुभएको भन्ने प्रश्नमा पाठकले भने, ‘जनतालाई दुःख नदिने खोजेको होला नि !’ राजाले सकेसम्म जनतालाई दुःख नदिने उनको जिकिर थियो । यसअघि नै पूर्वराजाको जन्मदिन मनाउन केशरी महतोको अध्यक्षतामा नागरिक मुल समारोह समिति बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म