नेपाल उद्योग परिसंघ–पाकिस्तानी राजदूतबीच छलफल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ । राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताए ।
उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए । उनले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उनले राजदूतलाई आग्रह गरे ।
राजदूत हाशमीले नेपाली वस्तुहरू पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने बताए ।
छलफलमा परिसंघ पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र उपेन्द्रबिचको लामो सम्बन्ध यसरी भयो घृणामा परिणत
-
कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?
-
जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु
-
निजगढ र कोल्हवी नगरपालिकाले ठेक्का लगाएको बकैया खोलामा अवैध उत्खनन रोक्न निर्देशन
-
एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी
-
तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने