५ जना मृतावस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार कास्कीको रूपा गाउँपालिका-३ चिनढुङ्गामा सोही गाउँपालिका-७ बृदिखोला सिचाई आयोजनामा काम गर्ने दाङ दुबिचौर घर भएका ४५ वर्षीय दिपेश पुन मृतावस्थामा फेला परेका छन् ।
यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका-४ चानुवा बगर बस्ने ८८ वर्षीय जय बहादुर भण्डारी पनि सोही नगरपालिका-४ स्थित खेतमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा खोलाको काठेपुलमुनी चितवन माडी नगरपालिका-९ गणेशकुञ्ज बस्ने ४२ वर्षीय याम बहादुर गिरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
हुम्लाको नाम्खा गाउँपालिका-५ नारालेकमा पनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच लमजुङ, मध्यनेपाल नगरपालिका-७ रामबजारस्थित खहरे प्रतिक्षालयमा एक व्यक्ति मृत फेला परेका छन् । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण