एनआरएनए मलेसियाको अधिवेशन मिति तय, निर्वाचन समितिको संयोजकमा न्यौपाने
शनिबार, २३ असार २०८०, २१ : ०८
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन मिति तय भएको छ । क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले जुलाई २९ र ३० गर्ने अधिवेशन र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ ।
एनआरएनए मलेसियाको आगामी अधिवेसनका लागि ४६९९ ले सदस्यता लिएका छन् ।
बैठकले निर्वाचन समिति गठन गरेको छ । समितिको संयोजकमा आईसीसी सचिव खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको हो । समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा, बिष्णु पौडेल ,पर्शु गौली र भिम बहादुर बुढाथोकी रहेका छन् ।
उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले निर्वाचन प्रमुख खगेन्द्र न्यौपानेलाई पत्र हस्तांतरण गरेका छन् ।