आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री किरातीसँगै कलाकारले गरे वृक्षरोपण

शनिबार, २३ असार २०८०, २२ : ०९
शनिबार, २३ असार २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीसहित कलाकारले आज बिहान सानो हात्तीवनमा वृक्षरोपण गरेका छन् । ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा गरिएको वृक्षरोपणमा गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकार रीता थापामगर, दुर्गा रायमाझी, दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारीलगायत सहभागी थिए ।

“आजको सुरुआत वृक्षरोपणबाट भयो । यिनको संरक्षणमा ध्यान दिनु आवश्यक छ”, अभिनेता सिग्देलले भने । किरात समाज महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ज्याकारान्डा, धुपीलगायत जातका बिरुवा रोपिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप