दक्षिण कोरियाको भ्रमणमा रहेका मन्त्री मोदी स्वदेश फिर्ता
आइतबार, २४ असार २०८०, ०८ : ५५
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी स्वदेश फर्किएका छन् ।
दक्षिण कोरियाको बुसानमा आयोजित विश्वका मन्त्री स्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गए राति स्वदेश फर्किएका हुन् ।
मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले ग्रामीण विकास सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै दक्षिण कोरिया सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए ।
संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिवलाई नेपाली ढाका टोपी लगाई मन्त्री मोदीले आँखीझ्यालसमेत उपहार दिएका थिए । उनले नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाले आयोजना गरेको अन्तर्क्रियालाई समेत सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण