सिरियाद्वारा बीबीसीका पत्रकारहरूको मान्यता खारेज
दमास्कस । पक्षपातपूर्ण र भ्रामक रिपोर्ट प्रसारण गरेको आरोप लगाउँदै सिरियाको सरकारले बीबीसीका पत्रकारहरूको मान्यता खारेज गरेको छ । सिरियाको सूचना मन्त्रालयले बीबीसीले व्यावसायिक मापदण्डहरू पालन गर्न असफल भएको बताएको छ ।
हालै बीबीसीले लागुऔषध कारोबारबारे एक रिपोर्ट प्रकाशित गर्दै केप्टागोनको लागुऔषध कारोबारमा राष्ट्रपति बशर अल असदको परिवारको सम्बन्ध भएको दाबी गरेको थियो । बीबीसीले भने आफूले निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्दै आएको दाबी गरेको छ । ‘तथ्यलाई स्थापित गर्न राजनीतिको हर वर्गसँग कुराकानी गरेका छौँ,’ बीबीसीका एक प्रवक्ताले भने ।
बीबीसी न्यूज अरबीले पछिल्लो महिना एक खोजी रिपोर्ट प्रकाशित गरेको थियो । यस रिपोर्टमा केप्टागोन ड्रगको कारोबार र सिरियाली सैन्य बलका वरिष्ठ सदस्य र असद परिवारका सदस्यबीच सम्बन्ध स्थापित गरिएको थियो । केप्टागोन एक एम्फेटामाइन लागुऔषध हो । सिरियाको सरकारले यस लागुऔषधको कारोबारबारे लगाइएको आरोपहरुलाई यसअघि पनि खारेज गरेको थियो ।
बीबीसीका पत्रकारहरूको मान्यता खारेज गर्दै सिरियाको सरकारले यो लागुऔषध कारोबारबारे उल्लेख चाहिँ गरेको छैन । सन् २०११ मा देशमा गृहयुद्ध सुरु भएयता बीबीसीले पटक–पटक भ्रामक जानकारी दिएको सरकारले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण