शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरियाद्वारा बीबीसीका पत्रकारहरूको मान्यता खारेज

आइतबार, २४ असार २०८०, ११ : २७
आइतबार, २४ असार २०८०

दमास्कस । पक्षपातपूर्ण र भ्रामक रिपोर्ट प्रसारण गरेको आरोप लगाउँदै सिरियाको सरकारले बीबीसीका पत्रकारहरूको मान्यता खारेज गरेको छ । सिरियाको सूचना मन्त्रालयले बीबीसीले व्यावसायिक मापदण्डहरू पालन गर्न असफल भएको बताएको छ ।

हालै बीबीसीले लागुऔषध कारोबारबारे एक रिपोर्ट प्रकाशित गर्दै केप्टागोनको लागुऔषध कारोबारमा राष्ट्रपति बशर अल असदको परिवारको सम्बन्ध भएको दाबी गरेको थियो । बीबीसीले भने आफूले निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्दै आएको दाबी गरेको छ । ‘तथ्यलाई स्थापित गर्न राजनीतिको हर वर्गसँग कुराकानी गरेका छौँ,’ बीबीसीका एक प्रवक्ताले भने ।

बीबीसी न्यूज अरबीले पछिल्लो महिना एक खोजी रिपोर्ट प्रकाशित गरेको थियो । यस रिपोर्टमा केप्टागोन ड्रगको कारोबार र सिरियाली सैन्य बलका वरिष्ठ सदस्य र असद परिवारका सदस्यबीच सम्बन्ध स्थापित गरिएको थियो । केप्टागोन एक एम्फेटामाइन लागुऔषध हो । सिरियाको सरकारले यस लागुऔषधको कारोबारबारे लगाइएको आरोपहरुलाई यसअघि पनि खारेज गरेको थियो । 

बीबीसीका पत्रकारहरूको मान्यता खारेज गर्दै सिरियाको सरकारले यो लागुऔषध कारोबारबारे उल्लेख चाहिँ गरेको छैन । सन् २०११ मा देशमा गृहयुद्ध सुरु भएयता बीबीसीले पटक–पटक भ्रामक जानकारी दिएको सरकारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप