बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषकहरूलाई प्रभु बैंकको सहुलियतपूर्ण ऋण

आइतबार, २४ असार २०८०, ११ : ४९
आइतबार, २४ असार २०८०

काठमाडौँ । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबीच गत वर्षको श्रावण ५ गते युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो ।

सोहीअनुसार नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोवल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रो फाईनान्स विभाग प्रमुख प्रविन कुमार दहालले संयुक्त रुपमा गाउँपालिकाका ७ जना कृषि तथा पशु उद्यमशीलतामा काम गरिरहेका उद्यमीहरूलाई ४० लाखको सहुलियतपुर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे । 

उक्त सम्झौता अनुरूप हेफर इन्टरनेशनल नेपालका तर्फबाट प्रवर्धित सहकारीहरूले सहुलियतपूर्ण ऋण लिन इच्छुक उद्यमीहरूको पहिचान गरी कर्जा लिन योग्य उद्यमीहरूलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरि स्थानिय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य व्यावसायिक विकासका सेवाहरू प्रदान गर्न सहयोग तथा सहजीकरण गर्ने छ ।

हेफरले ४४ जिल्लाका करिव ४ लाख  पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरू मार्फत वित्तीय पहुँच पुर्‍याउन सहजीकरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप