सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सदन

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

आइतबार, २४ असार २०८०, १२ : ४५
आइतबार, २४ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । यससँगै प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ । 

शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फो गर्दै बैठक दुई घण्टा परा सार्न आग्रह गरेका थिए । सो क्रममा सभामुख घिमिरेले  तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न सकोस् भनी शुभकामना समेत दिएका थिए । 

अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचडसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप