प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित खानेपानीको ट्याङ्की निर्माणका क्रममा आधा काम बाँकी छँदै भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले आर्थिक वर्ष २०७७÷०७८ मा चंखेली–२ स्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा आधा अधुरो रहेको कामलाई सम्पन्न भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानिनोक्सानी पुर्याएको ठहर गरिएको हो । त्यसैले सोही रकमलाई बिगो कायम गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
यस्तै, चंखेली गाउँकार्यपालिकाका इन्जिनियर मान बहादुर ऐडी र प्राविधिक सहायक (सवइन्जिनियर) गोभधन बोहोराले पनि फिल्डमा नभएको कामलाई सम्पन्न भएको भनेर नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई ६ लाख ४८ हजार ७८६ रुपैयाँ भुक्तानी दिन भूमिका निर्वाह गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।
चंखेली गाउँकार्यपालिकाका लेखापाल नविन रेग्मीले पनि भुक्तानीका लागि सम्बन्धित उपभोक्ता समितिको निवेदन, वडाको सिफारिस, प्राविधिक मूल्याङ्कन प्रतिवेदन, बिल भरपाई तथा अन्य आवश्यक कागजातहरु प्राप्त भइसकेपछि सम्पूर्ण कागजातहरु चेकजाँच गरी भुक्तानी दिनुपर्नेमा काम बिनानै भुक्तानी दिएको भन्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यस्तै, उक्त मुद्दामा आयोगले चंखेली गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल)लाई पनि विपक्षी बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण