मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

रातोपाटीकर्मी शाहीसहित ३ जनालाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार

सोमबार, २५ असार २०८०, ११ : ००
सोमबार, २५ असार २०८०

सुर्खेत । रातोपाटी डटकमका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीसहित ३ जना पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिने भएको छ । पुरस्कारका लागि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पुरस्कारका लागि आइतबार तीन पत्रकारको नामावली प्रकाशन गरेको हो । 

दैलेखको ठाटीकाँध–१ का शाही अहिले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेर पत्रकारिता गर्छन् । पुरस्कार पाउनेमा ग्यालेक्सी फोरके टेलिभिजनका दैलेख संवाददाता भक्तबहादुर शाही र अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हिक्मत नेपाली पनि रहेका छन् ।  उनीहरुलाई जनही ५० हजार राशीको पुरस्कार र प्रमाण–पत्रसहित पुरस्कृत गरिने मन्त्रालयले कानुन मन्त्रालयले जनाएको छ । 
कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८० बमोजिम मन्त्रालयले असार १५ गते पुरस्कारका लागि आवेदनको सूचना प्रकाशित गरेको थियो ।

उक्त सूचनामा तोकिएको म्यादभित्र मन्त्रालयको विद्युतीय प्रणालीमा दर्ता हुन आएका आवेदनहरुको कार्यविधि अनुसार मूल्याङ्कन गरि तीन जना पत्रकारको नाम छनौट गरेको कानुन मन्त्रालयले जनाएको छ ।  कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृतका लागि आइतबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार पत्रकारहरुको नामावली तयार पारिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप