पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षा र बाढीले पाकिस्तानको आर्थिक अवस्था नाजुक बनाएको छ । अविरल वर्षाका कारण मुलुकभर अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९ल्म्ःब्० लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् हालसम्म मारिने ७६ जनामा १५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।
भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ । गत जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण