सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी

सोमबार, २५ असार २०८०, ११ : ४२
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा सहारा जोशी चयन भएकी छन् । आइतबार सम्पन्न १९ औँ वार्षिक साधारण सभा मार्फत २०८०–८१  का लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । 

काठमाडौँको र्‍याडिसन होटेलमा सम्पन्न १९औँ वार्षिक साधारण सभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो । “नेसन फर्स्ट” भन्ने नारालाई केन्द्रमा राखेर यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवर्द्धन गर्नेमा केन्द्रित हुने मञ्चले जनाएको छ। 

मञ्चको कार्यकारिणी सदस्यहरूमा बिलासा श्रेष्ठ,सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र  युनेश राज श्रेष्ठ रहेका छन् । 

यस्तै नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल पनि गठन गरिएका छ । काउन्सिलमा जोशीको नेतृत्वमा तत्कालीन पूर्व अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ र दोस्रो उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् । 

सो अवसरमा फोरमका विगतका गतिविधि र भावी पहलका बारेमा पनि प्रस्तुति गरिएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०-८१ का लागि आफ्नो योजना साझा गरिन्  भने अन्य सबै समिति सदस्यहरूले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप