राष्ट्र बैंकद्वारा ११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनामा ५२ खर्ब ५३ अर्ब रुपैयाँ बढी तरलता बजारमा प्रवाह गरेको छ । यस अवधिमा बैंकले रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत २० खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ प्रवाह गरेको हो ।
सोही अवधिमा यता रिभर्स रिपोमार्फत जेठ मसान्तसम्ममा ५ अर्ब तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब २६ करोड खुद खरिद गरी ६ खर्ब ८७ अर्ब ४२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४७ करोड खुद खरिद गरी २ खर्ब ९९ अर्ब ६२ करोड तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी ५ खर्ब ६२ अर्ब १९ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४ अर्ब ४० करोड बिक्री गरी ५ खर्ब २९ अर्ब ७४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण