बैतडी दुर्घटना अपडेट : एक जनाको मृत्युु
बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन् । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताए । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली– पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
सोमबार दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताए । बस सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकिन हुन बाँकी छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण