सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ।
- पार्टीले सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको मर्मलाई संस्थागत गर्न नागरिकसँग जीवन्त संवाद अपरिहार्य रहेको बताएको छ।
- सांसदहरूको प्रभावकारी भूमिका र पार्टी सङ्गठनको चुस्तता एकअर्काका पूरक भएको र समन्वयात्मक प्रयत्नले दलको संस्थागत परिपक्वता उचाइमा पुग्ने बताइएको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ।
मंगलबार महामन्त्री विपिन कुमार आचार्यले पाँच बुँदे निर्देशन जारी गर्दै पार्टीले बोकेको सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिच जीवन्त संवाद अपरिहार्य भएको बताएको छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बोकेको सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिचको जीवन्त संवाद अपरिहार्य छ।
निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, सङ्गठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ’, विज्ञप्तिमा भनिएको छ ।
सांसदहरूको प्रभावकारी भूमिका र पार्टी सङ्गठनको चुस्तता एक–अर्काका पूरक भएको र सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्याउनेछ र जनताप्रतिको हाम्रो जवाफदेहितालाई थप कसिलो बनाउनेछ भन्ने कुरा मनन गर्न समेत दिशानिर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण