संसद बैठक
...त्यो दिन म प्रधानमन्त्री नभएर ज्ञानुको बुवा भएर बोल्न पुगेँ : प्रधानमन्त्री
सोमबार, २५ असार २०८०, १६ : ५९
काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले असार १८ गते आफुले बोलेको विषय भावनात्मक भएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै आफूले त्यस दिन नबोलेको भएपनि हुने तर उक्त अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतमा नभएर छोरी ज्ञानुको बुबाको हैसियतमा बोलेको बताए ।
‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो भाषा नबोल्नुपर्थ्यो । तर त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’, प्रचण्डले भने, ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झँन पुगे । प्रितम सिंहको सदासयताका निम्ती धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधिनताका लागि गरेको योगदान काटियो ? भन्दै प्रश्न गरे । ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त ?’, उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण