राजीनामा माग्नेलाई प्रचण्डको जवाफ : मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले भनेर राजीनामा नगर्ने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो केही दिन पहिलाको अभिव्यक्तिलाई लिएर राप्रपा सांसद राजेन्द्र लिङदेनले नैतिकता भए राजीनामा गर्न दिएको सुझावको जवाफ दिँदै प्रचण्डले अरुले भनेर राजीनामा नदिने बताएका हुन् ।
‘नैतिकताको कुरा भन्नुभयो, ठिक छ । नैतिकताको आधारमा कसले कति गर्यो भनेर विगत हेर्नुभयो भने हुन्छ’, प्रधानमन्त्रीले भने, ‘हुन त माननीय राजेन्द्रजीको भर्खर दुई कार्यकाल भयोक्यारे तपाईँको ।’
उनले लिङ्देनलाई पहिलाको आफ्नो कार्यकालको हेर्न सुझाव दिए । ‘पहिलापहिलाको हेर्नुभयो भने दुईदुई पटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईँले पढ्नुभएको छ ? कस्तो परिस्थितिमा दिएँ, के आधारमा दिएँ ? छातीमा हात राखेर त्यसमा पनि गहिरोसँग विचार गर्न नैतिकता कसले देखायो, कसले देखाएन ?’, प्रचण्डले प्रश्न गरे ।
उनले विगतमा आफूले दुवै पटक नैतिकताको धरातलमा टेकेर नै राजीनामा दिएको दाबी गरे । ‘ दुवै पटक नैतिकताको धरातलमा टेकेर नै मैले प्रधानमन्त्री छोडेको हो’, प्रचण्डको भनाइ छ ।
उनले अहिले पनि आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए ।
‘अहिले पनि मेरो अन्तरआत्माले । तपाईँले भनेर त म गर्न सक्दिनँ । मेरो अन्तरआतमाले भन्यो भने एक मिनेट पनि बस्दिनँ म’, प्रधानमन्त्रीको जवाफ छ । तर उनले प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिनुपर्ने संस्कार बसाउन नहुन आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण