नेता रावलको प्रश्न–प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार ?
काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार रहेको भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे प्रष्ट पारेका थिए । यसअघि नेता रावलले प्रधानमन्त्री प्रचण्डले गलत भनाइ फिर्ता लिएर जनताससँग माफी माग्नुपर्ने बताएका थिए । तर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको थियो ।
'प्रम प्रचण्डले गलत भनाइ फिर्ता लिई जनतासँग माफी माग्नुपर्छ भन्दा ममाथि कटाक्ष गर्दै राजीनामा नदिई संसद् चल्न दिन्नौँ भन्नेहरु आज प्रमले प्रतिनिधिसभामा राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार ?', नेता रावलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र ?'
प्रमं प्रचण्डले गलत भनाई फिर्ता लिई जनतासंग माफी माग्नु पर्छ भन्दा ममाथि कटाक्ष गर्दै 'राजीनामा' नदिई संसद चल्न दिन्नौं भन्नेहरू आज प्रमंले प्रतिनिधिसभामा 'राजीनामा दिन्न' भन्दै 'दुःख प्रकट' गर्दा संसद चल्न दिन किन तयार? गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र?
— Bhim Rawal, PhD (@BhimRawal179) July 10, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण