आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेता रावलको प्रश्न–प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार ?

सोमबार, २५ असार २०८०, २० : २७
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार रहेको भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे प्रष्ट पारेका थिए । यसअघि नेता रावलले प्रधानमन्त्री प्रचण्डले गलत भनाइ फिर्ता लिएर जनताससँग माफी माग्नुपर्ने बताएका थिए । तर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएको थियो । 

'प्रम प्रचण्डले गलत भनाइ फिर्ता लिई जनतासँग माफी माग्नुपर्छ भन्दा ममाथि कटाक्ष गर्दै राजीनामा नदिई संसद् चल्न दिन्नौँ भन्नेहरु आज प्रमले प्रतिनिधिसभामा राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार ?', नेता रावलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप