कामना सेवा विकास बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । कामना सेवा विकास बैंकले सोमबार भक्तपुर नगरपालिका–१७ दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरूलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
उक्त कार्यक्रममा ६० भन्दा बढी सहभागी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख सुरजकुमार सरार्फ लगायत अन्य कर्मचारी र क्याम्पसका तर्फबाट क्याम्पसका सहायक प्राध्यापक तुलसी राम घेमोसु र अन्य विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण