अब कमेडी गर्न चाहन्छु : करिश्मा मानन्धर
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफूलाई अब कमेडी अभिनय गर्न मन लागेको बताएकी छन् । करिब ४ दशक अभिनयमा बिताएकी उनले अभिनयमा प्रायः सबैखाले भूमिका निर्वाह गरे पनि कमेडी भने गर्न नपाएको बताइन् ।
‘चार दशक अभिनय यात्रामा बिताएकी छु । कमेडी बाहेकका प्रायः सबै भूमिका निर्वाह गरिसकेँ’, अभिनेत्री करिश्माले रातोपाटीसँग भनिन्, ‘अहिले भने कमेडी अभिनय गर्ने रहर जागेको छ ।’ केही अगाडि एक विज्ञापनमा कमेडी भूमिका निर्वाह गर्दा पाएको चर्चाले कमेडी गर्ने रहर जागेको उनले सुनाइन् ।
‘विज्ञापनबाट ममा पनि कमेडी गर्न सक्ने क्षमता रहेको बुझेँ, अब कमेडी भूमिका पाए गर्छु,’ करिश्माले थपिन् ।
हुन त करिश्मा यस अगाडि जितु नेपालको कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्षका रूपमा देखिएकी छन् । शोमा आफ्नो काम थपडी बजाउने र हाँस्ने मात्र भएकाले मज्जा नआएको उनी बताउँछिन् । अभिनेत्री करिश्माले भनिन्, ‘प्रेमकथा, एक्सनदेखि सामाजिक कथासम्मको फिल्ममा भिजिसकेँ । अब कमेडीको अनुभव लिनु छ ।’
करिश्मा अभिनीत पछिल्लो फिल्म ‘बगान’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्ममा करिश्माले एकल महिलाको भूमिका निर्वाह गरेकी छन् । अभिनेता सरोज खनालले फिल्म निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण