साउदीबाट फर्केपछि दुर्गा प्रसाईंसँग ३० करोड माग, ‘कात्रो तयार राख्नु’ भन्दै धम्की
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपैयाँको माग गर्दै नदिए ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरेको छ । खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई सीआईबीको टोलीले मंगलबार बिहान महाराजगन्जबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गुरुङ दुई वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनी यसअघि साउदीमा पनि कथित रूपमा रक्सी खाएको आरोपमा सात महिना जेल पनि बसेका थिए । नेपाल आएपछि आर्थिक अभाव भोगेका गुरुङले प्रसाईंसँग पैसा उठाउने योजना बनाएको खुलेको छ । ‘मसँग पैसा थिएन, थ्रेट गरेपछि पैसा आउँछ भनेर धम्की दिएको हुँ,’ गुरुङको भनाई उदृत गर्दै प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ ।
प्रहरीका अनुसार गुरुङले प्रसाईंलाई फोन गरेर ‘३० करोड दिनु नत्र हामीले तेरो हत्याको योजना बनाइसकेका छौँ । कात्रो तयार राख्नु’ भन्दै धम्की दिएका थिए । प्रहरी भन्छ, ‘सुरुमा ३० करोड रुपैयाँबाट सुरु भएको बार्गेनिङ ६ करोड हुँदै अन्तिममा ५ करोडमा टुङ्गिएको थियो ।’
पैसा लिनका लागि गुरुङले फोन गरेर कतार भिसा सेन्टर अगाडि बोलाएका थिए । तर, सीआईबीको टोली पहिले नै त्यहाँ स्ट्यान्ड बाई रहेको थियो । पहिला अर्को गाडीलाई ‘सामान पिकअप गरिदिनु’ भन्दै पठाएका उनी पछि आफै पठाओ चढेर त्यहाँ पुगेका थिए । ‘गुरुङ आउने बित्तिकै हामीले उनलाई समात्न सफल भयौँ ।’ यस घटनामा उनी एक्लै संलग्न थिए वा अरू पनि सहयोगी थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण