दिल्लीमा स्कुल बसले कारलाई ठक्कर दिँदा ६ जनाको मृत्यु
नयाँदिल्ली । विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ । दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ ।
यसैबीच, आन्ध्र प्रदेशको डार्सीस्थित नहरमा यात्रीबाहक बस खस्दा एक जना सात वर्षिय बालकसहित सात जनाको निधन भएको छ । बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन् । उनीहरूको घटनास्थल नजिक अवस्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेको थियो । दुर्घटनाको अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण