प्रधानमन्त्री कप भलिबलमा पुलिस र टिपटपको जित
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपालले राजधानीमा जारी सातौं प्रधामन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन मंगलबार पनि जित निकालेका छन् । नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा मंगलबार पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० सेटले पराजित गरेको हो । पुलिस क्लबले २५.२१, २५.१९, २५.१७ अंकको सोझो सेटमा जित हात पार्यो ।
पुलिस क्लबको तीन खेलबाट आठ अंक पुगेको छ । पुरुषतर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले पनि आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले हरायो । हेल्प नेपालले गण्डकीलाई २५–२२, २५–१७, २८–२६ अंकले पाखा लगायो । हेल्प नेपालको नौ अंक भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फको खेलमा एपीएफ क्लबले एभरेष्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ अंकले हरायो । एपीएफको तीन खेलबाट आठ अंक भएको छ ।
न्यू डायमन्ड र आर्मीबीचको खेलमा न्यू डायमन्ड ३–२ सेटले विजयी भयो । पहिलो र दोश्रो सेट २५–१५, २५–२१ ले जितेको न्यू डायमन्डले तेश्रो र चौथो सेट १९–२५, २२–२५ अंकले आर्मीलाई सुिम्पएको थियो । पाँचौ तथा अन्तिम सेटमा न्यू डायमन्ड १५९ अंकले विजयी भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण