चन्द्रमामा यान पठाउँदै भारत
मङ्गलबार, २६ असार २०८०, २१ : ००
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमाको अध्ययनका लागि शुक्रबार प्रक्षेपण हुने चन्द्रयान–३ मिसन अघि सम्पूर्ण प्रक्रियाको पूर्व अभ्यास पूरा गरेको छ । इसरोले ट्विटरमा एक पोस्टमा यो जानकारी दिएको छ। पोस्टमा इसरोले लेखेको छ, ‘चन्द्रयान-३ मिशन: यसको प्रक्षेपणको लागि सम्पूर्ण तयारी र २४ घण्टा लामो 'लान्च रिहर्सल' प्रक्रिया पूरा भयो।’
इसरोले चन्द्रयान-३ लाई १४ जुलाई दिउँसो २:३५ बजे चन्द्रमामा पठाउने घोषणा गरेको थियो। इसरोको प्रारम्भिक दुई मिशन पछि यो तेस्रो प्रयास हो । यसलाई चन्द्रयान-२ को फलोअप मिशनको रूपमा हेरिएको छ। यस मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङको प्रयास गरिने छ । यो सफलता तीन देश रुस, अमेरिका र चीनले मात्र हासिल गरेका छन् । इसरोले आफ्नो पहिलो सूर्य मिशन आदित्य-एलवानको पनि घोषणा गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण