बञ्चरेडाँडामा फोहोर लिएर जाने गाडीलाई ककनीमा १५ सय प्रवेश शुल्क
मङ्गलबार, २६ असार २०८०, २३ : १२
काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । सो गाउँपालिकाले आगामी साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको हो ।
गाउँपालिकाले फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने निर्णय गरेको छ । गाउँपालिकालले सानो टिपरलाई रु १००० र ठुलो टिपरलाई १,५०० रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको हाे ।
राजधानी काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाबाट ककनी गाउँपालिकाको बञ्चरेडाँडामा फोहोर विसर्जन गरिन्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जाने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण