आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अविरल बर्षाले केदारनाथकाे तीर्थयात्रामा राेक

बुधबार, २७ असार २०८०, १० : १७
बुधबार, २७ असार २०८०

भारत । उत्तराखण्डमा लगातारको मुसलधारे वर्षाका कारण पहिरोका कारण सडक भत्किएकाे छ । 


जसका कारण सवारी आवागमन नराम्ररी प्रभावित भएको छ । यसैबीच, मौसम विभागले उत्तराखण्डमा वर्षाको प्रक्रिया जारी रहने जानकारी दिएको छ। 


यस्तो अवस्थामा फेरि केदारनाथ यात्रा रोक्ने निर्णय गरिएको छ । लगातारको खराब मौसमका कारण यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले केदारनाथ धाम जाने यात्रुलाई सोनप्रयाग र गौरीकुण्डमा रोक लगाएको छ । 


अविरल वर्षाका कारण ४ राज्य सडक र १० वटा लिंक सडक अवरुद्ध भएका छन् ।
 

भारी वर्षाका कारण मंदाकिनी र अलकनंदा नदीको बहाव बढेको अधिकारीहरूले बताएका छन् । भारत मौसम विभागले सोमबार उत्तराखण्डमा भारी वर्षाको बीचमा जुलाई १२ को लागि एलाे अलर्ट जारी गरी चेतावनी दिएकाे छ। आईएमडीले एक ट्वीटमा सूचित गरेको छ कि जुलाई १२ मा उत्तराखण्ड र आसपासका क्षेत्रहरू र पश्चिमी उत्तर प्रदेशमा भारी देखि धेरै भारी वर्षा (११५.६ देखि २०४.४ मिमी) को सम्भावना रहेकाे छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप