अविरल बर्षाले केदारनाथकाे तीर्थयात्रामा राेक
भारत । उत्तराखण्डमा लगातारको मुसलधारे वर्षाका कारण पहिरोका कारण सडक भत्किएकाे छ ।
जसका कारण सवारी आवागमन नराम्ररी प्रभावित भएको छ । यसैबीच, मौसम विभागले उत्तराखण्डमा वर्षाको प्रक्रिया जारी रहने जानकारी दिएको छ।
यस्तो अवस्थामा फेरि केदारनाथ यात्रा रोक्ने निर्णय गरिएको छ । लगातारको खराब मौसमका कारण यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले केदारनाथ धाम जाने यात्रुलाई सोनप्रयाग र गौरीकुण्डमा रोक लगाएको छ ।
अविरल वर्षाका कारण ४ राज्य सडक र १० वटा लिंक सडक अवरुद्ध भएका छन् ।
भारी वर्षाका कारण मंदाकिनी र अलकनंदा नदीको बहाव बढेको अधिकारीहरूले बताएका छन् । भारत मौसम विभागले सोमबार उत्तराखण्डमा भारी वर्षाको बीचमा जुलाई १२ को लागि एलाे अलर्ट जारी गरी चेतावनी दिएकाे छ। आईएमडीले एक ट्वीटमा सूचित गरेको छ कि जुलाई १२ मा उत्तराखण्ड र आसपासका क्षेत्रहरू र पश्चिमी उत्तर प्रदेशमा भारी देखि धेरै भारी वर्षा (११५.६ देखि २०४.४ मिमी) को सम्भावना रहेकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण