पार्टी सदस्यले गरेको आर्थिक लेनदेनको जिम्मेवारी लिन सकिँदैन : जनमत पार्टी
काठमाडौँ । जनमत पार्टीले कुनै दुई पक्षबीच भएको आर्थिक लेनदेन र कारोबारमा कुनै पक्ष पार्टी सदस्य भएकै कारण त्यसको जिम्मेवारी नलिने प्रस्ट पारेको छ । पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बुधवार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘कुनै दुई पक्षबीच भएको आर्थिक लेनदेन, कारोबार, व्यवसायसहितका कामकाजमा कुनै पक्ष जनमत पार्टीको सदस्य भएकै कारण त्यो कुराको लागि पार्टी जिम्मेवार नहुने र निज पक्षहरू आफै पूर्ण जिम्मेवार हुने जानकारी गराउँदछौ ।’
कुनै पक्षले कानुनी बाटो अवलम्बन गर्न चाहेमा त्यसप्रति पार्टीको कुनै आपत्ति नहुने जानकारी गराउँदै कोषाध्यक्ष यादवले यी कुराहरू सम्बन्धित पक्षको निजी मामला भएको र ती कुराहरूको लागि पार्टीको सहमति वा पार्टी साक्षी नहुने समेत स्पष्ट पारेका छन् । उनले अनावश्यक रूपमा यस्ता घटनामा पार्टीको नाम नमुछ्न समेत आग्रह गरेका छन् ।
जिल्ला तथा स्थानीय तहमा हुने विकास निर्माणका कामहरूमा आर्थिक लेनदेनको विवाद पार्टी कार्यालयसम्म आएपछि उनले विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण