शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्तमान सरकार अजिबको छ, देशले निकास पाउँदैन : ज्ञवाली

बुधबार, २७ असार २०८०, १४ : २१
बुधबार, २७ असार २०८०

सुर्खेत । नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार अजिबको भएको टिप्पणी गरेका छन् । 

 संघीयता खारेजीको एजेण्डा बोक्नेदेखि  १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको उनले बताए । यस्तो अजिबको  सरकारबाट देशले निकास पाउन नसक्ने उनको जिकिर थियो । 

बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको बताए ।

ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रधान भएको बताए । उनले  भने,‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो ।’  

ज्ञवालीले एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएको बताए । ‘सातै प्रदेशका स्कुलहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लागि सात जना केन्द्रीय कमिटीहरू खटिएको छन्,’ उनले भने । साथै उनले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने बताए । 

नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको नीति अनुसार पार्टीले गति लिन नसकेको बताए । पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचे जस्तो नआएको उनको भनाइ थियो । ‘हाम्रो व्यवहार राम्रो छैन, हामी अनुशासित हुनुपर्छ,’ उनी भन्छन् । 

एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले टिकटक हेरेर विचार बनाइए त्यो सबै सत्य नहुने तर्क गरे । 

कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बुधवारदेखि ३१ असारसम्म चल्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप