बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

बुधबार, २७ असार २०८०, २२ : ३७
बुधबार, २७ असार २०८०

उदयपुर । सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु भएको छ । बुधबार दिउँसो २ : ३० बजे त्रियुगा नगरपालिका ४ फर्सेटमा सडकबत्ती बनाउनेक्रममा करेन्ट लाग्दा सोही ठाउँका नगरपालिकाका करारका कर्मचारी ४० वर्षीय युवराज राईको ज्यान गएको हो । 

सडकको बिजुलीको पोलमा काम गर्नेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका राईको जिल्ला अस्पतालको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । 
घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्‍याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप