जो बाइडेन नेटो देशका नेताहरूसँगको रात्रि भोजमा सहभागी भएनन्
अमेरिकाका राष्ट्रपति जो बाइडेन मंगलबार नेटो सदस्य देशका नेतासँग रात्रि भोजमा सहभागी भएनन् । ह्वाइट हाउसले बाइडेन व्यस्तताका कारण यसमा सहभागी हुन नसकेको बताउँदै उनले आफ्नो भाषणका लागि तयारी गर्नुपर्ने थियो भनेर जानकारी दिएको छ ।
यद्यपि, अमेरिकी मिडियामा बाइडेन रात्रि भोजमा किन सहभागी भएनन् भनेर व्यापक चर्चा भइरहेको छ । यसलाई बाइडेनको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ ।
फक्स न्युजको खबर अनुसार अमेरिकी राष्ट्रपतिले अन्तर्राष्ट्रिय यात्रामा विश्वका शीर्ष नेतासँग रात्रि भोजमा समावेश नभएको यो तेस्रो पटक हो ।
फक्स न्युजले दाबी गरे अनुसार ह्वाइट हाउसलाई नेटो रात्रि भोजमा बाइडेन समावेश नभएको भन्दै प्रश्न सोध्दा यसमा कुनै प्रतिक्रिया दिइएन ।
यद्यपि, पछि ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेन नेटो रात्रि भोजमा नगएको स्पष्ट पार्दै उनको आगामी चार दिन निकै व्यस्त रहने र उनले भाषण दिनु पर्ने बताएको छ ।
वासिङ्टन टाइम्सले आफ्नो रिपोर्टमा लिथुआनियामा नेटो शिखर सम्मेलनको पहिलो दिन रात्रि भोजमा भाग लिनुको सट्टा सीधै आफ्नो होटेल गएको बताएको छ । उनको स्थानमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन रात्रि भोजमा सहभागी भएका थिए ।
यसअघि, बाइडेन गत वर्ष इन्डोनेसिया र यस वर्ष मेमा जापानका शीर्ष नेताहरूसँगको रात्रि भोजमा गएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण