पहिलो खेलमै माउन्टको प्रदर्शनबाट प्रभावित प्रशिक्षक एरिक
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो पहिलो खेलमै मिडफिल्डर मासन माउन्टले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले माउन्टको प्रदर्शनबाट आफू निकै प्रभावित भएको धारणा पनि ब्यक्त गरेका छन् । म्यानचेस्टर युनाइटेडले बुधबार राति ओस्लोमा खेलिएको प्रिसिजन खेलमा लिड्स युनाइटेडलाई २—० गोलले हराएको थियो । उक्त खेलमा २४ वर्षीय माउन्ट पनि पहिलो हाफमा मैदानमा ओर्लिएका थिए । म्यानचेस्टर युनाइटेडबाट यो उनको पहिलो खेल हो ।
उक्त खेलमा म्यानचेस्टर युनाइटेडले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ६७ औं मिनेटमा नोम एमरन र ८१ औं मिनेटमा जोए ह्युगिलले एक—एक गोल गरेका थिए । प्रशिक्षक एरिकले खेलको दोस्रो हाफमा टोलीमा ११ वटा परिवर्तन गरेका थिए । प्रभावशाली मिडफिल्डर माउन्ट यसै सिजन म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् । चेल्सीबाट उनलाई भित्राउन म्यानचेस्टर युनाइटेडले पाँच करोड ५० लाख पाउन्ड खर्चिएको थियो । ‘पहिलो खेलमै उनको प्रदर्शन उत्कृष्ट रह्यो । हामीले माउन्टबाट निकै आशा गरेका छौं,’ खेलपछि प्रशिक्षक एरिकले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण